Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपालले हासिल गरिरहेको आर्थिक विकासमा भारत सहकार्य गर्न तयारः जेट्ली


प्रशासन संवाददाता

१९ फाल्गुन २०७३, बिहिबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय बित्तमन्त्री अरुणकुमार जेट्लीले भेट गरेका छन् । जेट्लीले बिहीवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्रीले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिए । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, ट्रान्समिसन लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न बित्तमन्त्रीलाई आग्रह गरे ।
प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्यवनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराएका थिए । संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरुको एकता र सहकार्यका आधारमा आफू अगाडि बढिरहेको बताए ।
भेटमा बित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे । जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले हासिल गरिरहेको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस