यातायात व्यवस्था विभागका शाखा अधिकृत २५ हजार रुपैयाँ घुससहित पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यातायात व्यवस्था विभागका शाखा अधिकृत २५ हजार रुपैयाँ घुससहित पक्राउ


प्रशासन संवाददाता

१९ फाल्गुन २०७३, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई २५ हजार घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार शाखा अधिकृत रिजाल महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा बिहीवार घुस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका रिजालको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस