Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेसलाई बाहिर राखेर निर्वाचनमा जान नहुने कमल थापाको भनाइ


प्रशासन संवाददाता

१९ फाल्गुन २०७३, बिहिबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठको विस्तार गर्नेबारे छलफल सुरु गरिएको छ ।
धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीवार पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा ३० केन्द्रीय सदस्यले सो विषयमा आआफ्नो धारणा र दृष्टिकोण राखेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ ।

पार्टीका नेता ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको ‘स्थानीय निकाय निर्वाचन तयारी’ विषयको कार्यपत्रमा अधिकांश नेताले आगामी निर्वाचनका लागि गृहकार्य गर्न सुझाव दिएका थिए । अर्का नेता राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘पार्टीको स्थानीय संरचना’का विषयको कार्यपत्रमाथि केही नेताले जनतामाझ पार्टीका कार्यक्रम सञ्चालन गर्नका लागि जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउन सुझाव दिए ।

बैठकमा पार्टी अध्यक्ष थापाले मधेसकेन्द्रित दललाई विश्वासमा लिएर चुनावमा जानुपर्ने बताउँदै मधेसलाई बाहिर राखेर चुनावमा गएमा संविधान कार्यान्वयन जटिलता आउने विचार व्यक्त गर्नुभएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस