सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्ने राष्ट्रपतिको भनाइ « प्रशासन
prasaLogo
१९ फाल्गुन २०७३, बिहीबार

सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्ने राष्ट्रपतिको भनाइ


प्रकाशित मिति : 2 March, 2017 8:18 pm

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीवार आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको २०७२/०७३ को वार्षिक प्रतिवेदन बुझेपछि उनले सरकारी वकिलले नै सरकारको प्रतिरक्षा गर्ने भएकाले तिनलाई सक्षम बनाउनुपर्नेमा जोड दिइन् ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलले प्रभावकारी तरिकाले काम गरिरहेको र यस आर्थिक बर्षमा ७० प्रतिशत मुद्दामा सफलता हासिल भएको जानकारी दिए । उनले सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि गर्नका लागि कार्यालयले निरन्तर प्रयास र योजना बनाइरहेको बताए । महान्यायाधिवक्ता कार्यालयले नेपालको संविधानअनुसार प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ । रासस

प्रतिक्रिया दिनुहोस