मधेसको मुद्दा अस्पष्टः उपाध्यक्ष रावल « प्रशासन
Logo ७ आश्विन २०७८, बिहिबार
   

मधेसको मुद्दा अस्पष्टः उपाध्यक्ष रावल


प्रशासन संवाददाता

१९ फाल्गुन २०७३, बिहिबार


धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मधेसको मुद्दा स्पष्ट नरहेकाले संविधान संशोधन औचित्यपूर्ण नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको बताए । उनले भने, “सरकारमा रहेका दलहरुबीच नै संविधान संशोधनका बारेमा मतभेद भएकाले संविधान संशोधनको कुनै अर्थ छैन ।”

एक प्रश्नमा उनले एमालेले संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न र राष्ट्रिय एकता एवम् सामाजिक सद्भाव सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस