४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतद्वारा दुई महिलामाथि किमको हत्या आरोप

अ+ अ-

मलेसिया(एजेन्सी) । मलेसियाको अदालतले उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नामको हत्यामा संलग्न रहेको भन्दै दुईजना महिलामाथि आरोप लगाएको छ ।

कडा सुरक्षाका बीच बुधबार अदालतले उनीहरूलाई आरोप प्रमाणित भएको खण्डमा फाँसीको सजाय दिने चेतावनी दिएको छ ।

दुई हप्ता अगाडि पक्राउ परेका उनीहरूलाई अदालतबाट बाहिर निकाल्दा “बुलेटप्रुफ भेस्ट” लगाई दिइएको थियो ।

हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि ती दुई जना महिलामाथि हत्याको आरोप लगाउँदै मलेसियाको महान्याधिवक्ताको कार्यालयले मुद्दा दायर गरेको थियो ।

निज महिलाहरूमाथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड)को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिएको मलेसियाली महान्याधिवक्ताको कार्यालयका अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उनले किम जोङ नामलाई हत्या गर्न लगाइको बताएको छ । बाहिरबाट ल्याएर खटाइएका व्यक्तिहरूबाट नै नामको हत्या भएको दक्षिण कोरियाको भनाई छ ।

इन्डोनेसियाकी २५ वर्षीय सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई फेब्रुअरी १३ का दिन मलेसियाको क्वालालामपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

उनीहरूले मकाउतर्फ उडानका लागि तयारी गरिरहेका बेला नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थको प्रयोगगरी विमानस्थलमै हत्या गरेको सीसीटीभीले खिचेका दृश्यहरूमा देखाइएको बताइएको छ । सो रासायनिक पदार्थ उनीहरूले नामको अनुहारमा प्रहार गरेको दृश्यमा देखिएको छ ।

उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको दृश्यहरूमा देखिएको अधिकारीहरूले बताएका छन् ।

घटनामा संलग्नमध्ये सितीले रातो टिसर्ट लगाएकी थिइन् भने हौङ पहेलो पोशाकमा रहेकी थिइन् ।

अरु चार जनाले पनि उनीहरूलाई सघाएको बताइएको छ । ती चारै जनाको अहिले पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस