सत्तारुढ दल र मधेसी मोर्चाको बैठक निष्कर्षविहीन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्तारुढ दल र मधेसी मोर्चाको बैठक निष्कर्षविहीन


प्रशासन संवाददाता

१८ फाल्गुन २०७३, बुधबार


काठमाडौं । सत्तारुढ दल र मधेशी मोर्चा बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ । बुधवार बसेको बैठकमा स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्तावका विषयमा कुराकानी भएपनि सहमति भने हुन सकेन ।

बैठकमा प्रधानमन्त्रीले सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको, मधेशमा स्थानीय तहको संख्या बढाउनेबारे सैद्धान्तिक रुपमा सहमत भएको र संविधान संशोधन प्रस्ताव पारित गराउन प्रयत्नशील रहेको जानकारी दिँदै सत्तारुढ दल र मोर्चा निर्वाचनमा केन्द्रित भएर लाग्न आग्रह गरेका थिए । मोर्चाका नेताहरुले यथास्थितिमा निर्वाचनमा जान कठिन हुने धारणा प्रधानमन्त्री समक्ष राखेका थिए । बैठकमा राजनीतिक सम्वाद जारी राख्ने समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस