केन्द्रीय सुरक्षा समितिको बैठकद्वारा निर्वाचन सुरक्षा योजना पारित « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

केन्द्रीय सुरक्षा समितिको बैठकद्वारा निर्वाचन सुरक्षा योजना पारित


प्रशासन संवाददाता

१८ फाल्गुन २०७३, बुधबार


काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गरेको छ ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधवार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।

विसं २०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरी योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । रासस

प्रतिक्रिया दिनुहोस