४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुधवारदेखि निर्वाचन आचारसंहिता लाग्यो

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगको मंगलवार बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको जनाएको छ ।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आचारसंहिता लाग्नेछ । उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति अर्थात आगामी वैशाख १६ देखि आचारसंहिता लागू हुनेछ ।

यस्तै बैठकमा गृह मन्त्रालयबाट तयार पारिएको स्थानीय तहको निर्वाचन सुरक्षा योजना बारे प्रारम्भिक छलफल गरिएको छ । गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सुरक्षा योजना प्रस्तुत गर्दै आयोगले समय समयमा दिएको निर्देशनलाई ध्यान दिई प्रस्तुत सुरक्षा योजना तयार गरिएको र त्यसमा आयोगको पृष्ठपोषणपछि केन्द्र, क्षेत्र, जिल्लामा समेत सबै सुरक्षा निकायको भूमिका स्पष्ट गरी समन्वयात्मक रूपमा जिम्मेवारी पूरा गर्ने बताएका थिए ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने, जिल्लास्तरमा प्रहरी प्रशासनले निर्वाचन आचारसंहिता पालना गराउन अविलम्ब निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता उत्साहजनक हुने भएकाले यस विषयलाई समेत ध्यान दिई सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए ।

सुरक्षा योजना सम्बन्धमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनालीले समेत आफ्नो सुझाव राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस