Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्राधिकरणमा बुधबार आधिकारिक टेड युनियनको निर्वाचन


प्रशासन संवाददाता

१७ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणमा बुधबार आधिकारिक टेड युनियनको निर्वाचन हुँदैछ । आधिकारिक टे«ड युनियनको निर्वाचनमा विभिन्न चार सङ्गठनले सहभागिता जनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेविप्रा कर्मचारी सङ्घ, नेविप्रा कर्मचारी युनियन र नेविप्रा कर्मचारी परिषद्ले निर्वाचनमा भाग लिने भएका छन् । प्राधिकरणलाई सबल र सक्षम बनाउन प्राविधिक नेतृत्व नै आवश्यक रहेको र ‘उज्यालो नेपाल’ अभियानलाई सार्थक बनाउनु नै आफूहरुको पहिलो एजेन्डा रहेको नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाहीले बताए ।

प्राधिकरणमा मुलुकभर ११ हजार कर्मचारी कार्यरत छन् । प्राधिकरणमा कार्यरत नेविप्रा कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई प्राधिकरणलाई सबल र सक्षम बनाउने र कर्मचारीको मनेबल उठाउने आफूहरुको योजना रहेको बताए ।

सजिला र आर्कषक आयोजना प्राधिकरणले नै बनाउनुपर्ने धारणा राख्ने नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल कर्मचारीको समुन्नत भविश्यका लागि नै आफूहरु क्रियाशील रहेको बताउँछन् ।

नेविप्रा कर्मचारी परिषद्का अध्यक्ष सुरेन्द्रबहादुर पाण्डे प्राधिकरण बचाउने कार्यसूची नै आफूहरुको प्रमुख माग र निर्वाचन घोषणापत्र भएको बताउँछन् ।

विसं २०६२ सालमा आधिकारिक युनियनको निर्वाचन अहिले १२ वर्षपछि हुन लागेकाले आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस