Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिल्क रोडमा सहमति जनाउन चीनको आग्रह


प्रशासन संवाददाता

१७ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन चीनले नेपालसँग आग्रह गरेको छ ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले मंगलवार क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा सिल्क रोडमा सहमतिका लागि प्रस्ताव गरेको हो ।

चीनले अगाडि बढाएको सिल्क रोड अभियानमा सय मुलुकले चासो व्यक्त गरेको र ४० वटा मुलुकले समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले भनिन्, “सिल्क रोडअगाडि बढाउन नेपालसँग आग्रह गर्दछु ।”

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर नेपालले चीनसँगको व्यापारलाई विस्तार गर्ने बताए । उनले भने, “चीनको व्यापार वृद्धि गर्न नेपालले थप निर्णय गर्ने विश्वास दिलाउन चाहन्छु ।”

पछिल्लो समयमा आर्थिक सूचक सबल बन्दै गएको उल्लेख गर्दै अर्थमन्त्री महराले मुलुकको व्यापार घाटालाई कम गर्न निर्यात बढाउनुपर्ने बताए । उनले नेपालको पूर्वाधार विकासमा निरन्तर सघाउँदै आएको चीनले आगामी दिनमा थप सहयोग गर्ने आशा व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले भनिन्, “सिल्क रोडअगाडि बढाउन नेपालसँग आग्रह गर्दछु ।” उनले क्षेत्रीय समृद्धिका लागि चीनले अगाडि बढाएको अभियानमा नेपालको पनि साथ रहने विश्वास व्यक्त गरिन् ।

चीनले नेपालसँग विकासका क्षेत्र जलविद्युत्, हवाई, निर्माण एवम् प्रसारण लाइनजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै राजदूत होङले चीनको सहयोग निरन्तर जारी रहने बताइन् ।

पूर्वसचिव पुरुषोत्तम ओझाले मुलुकको समृद्धिका लागि नेपाल सिल्क रोडको सञ्जालमा जानुपर्ने बताउँदै त्यसका लागि चिनियाँ एवम् नेपाली पक्षले विशेष ध्यान दिएर आर्थिक क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष राजेशकाजी श्रेष्ठले सन् १९९९ मा स्थापना गरिएको चेम्बरले चीनका २९ वटा चेम्बरसँग द्विपक्षीय सम्झौता गरेको र व्यापारिक प्रवद्र्धनका लागि लागिपरेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस