निर्वाचनका लागि पहिलो सर्त संविधान संशोधनः भट्टराई « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

निर्वाचनका लागि पहिलो सर्त संविधान संशोधनः भट्टराई


प्रशासन संवाददाता

१७ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले परिमार्जनसहित संविधान संशोधनको विषयलाई टुङ्ग्याउनु निर्वाचनको पहिलो सर्त भएको बताएका छन् ।

नयाँ शक्ति नेपालले मंगलवार आयोजना गरेको अन्तक्र्रियामा भट्टराईले सबैलाई निर्वाचनमा सहभागी बनाउन सरकारले संशोधनलाई टुङ्ग्याउनै पर्ने बताए । उनले यसमा हेलचेक्र्याईं गर्न नहुने र विषयको गम्भीरता बुझ्नुपर्ने बताए ।

आफ्नो पार्टीले निर्वाचनका लागि आन्दोलनरत पक्षलाई समेटौँ भनेर बारम्बार भनेको उल्लेख गर्दै संयोजक भट्टराईले मूलतः मधेसी, थारू र आदिवासी जनजाति संविधानसँग असन्तुष्ट भएकाले उनीहरुलाई सहमतिमा लिन जरुरी भएको बताए ।

स्थानीय तह, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको टुङ्गो नलगाई गरिने निर्वाचनले गति नलिने भन्दै उनले सरकारले स्थानीय तहको सङ्ख्या र सिमानाको कुरा पहिले समाधान गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन गर्न प्रत्यक्ष, अप्रत्यक्ष २० अर्बभन्दा धेरै खर्च हुने उल्लेख गर्दै संयोजक भट्टराईले आगामी २०७४ साल माघ ७ गते सम्ममा सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई विचार गरेर तीनवटै निर्वाचन एकैसाथ गर्नु उपयुक्त र व्यावहारिक हुने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस