पाल्पा दरबार पुनःनिर्माण सम्पन्न « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

पाल्पा दरबार पुनःनिर्माण सम्पन्न


प्रशासन संवाददाता

१७ फाल्गुन २०७३, मंगलबार


पाल्पा । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ ।

विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो ।

तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा रहेका छन् । २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा परिणत गरेको छ, तर राम्ररी सन्चालनमा आउन भने सकेको छैन ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा ६ करोड ३१ लाखको लागतमा दरबार पुनःनिर्माण सम्पन्न भएको हो । रासस

प्रतिक्रिया दिनुहोस