मधेसी मोर्चाद्वारा संविधान संशोधन प्रस्ताव दर्ता « प्रशासन
Logo ९ आश्विन २०८०, मंगलबार
   

मधेसी मोर्चाद्वारा संविधान संशोधन प्रस्ताव दर्ता


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई नै अगाडि बढाउन पुनः सरकारसँग माग गरेको छ ।

मोर्चाको आइतवार बसेको सचिवालयको बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर निर्वाचनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । संशोधनको प्रक्रिया अगाडि बढ्दासम्म सरकारलाई दिएको समर्थन जारी रहने र नयाँ परिस्थितिमा नयाँ आधारमा अगाडि बढ्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिए ।

यस्तै, मोर्चाका तर्फबाट व्यवस्थापिका–संसद्मा दर्ता गराइएको नेपालको संविधानको दोस्रो संशोधन माथि दर्ता गराइएका चार संशोधनको प्रस्तावका सम्बन्धमा सहमति जुटाउने र समान धारणा बनाएर जाने विषयमा कुराकानी भएको नेता झाले बताए । रासस

प्रतिक्रिया दिनुहोस