Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बुधबारभित्र दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले आइतवार सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने भन्ने निर्णयअनुसार नै आयोगको केन्द्रीय कार्यालयमा समेत दल दर्ताका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

यसअघि दल दर्ता गर्न छुटेकालाई समेत आयोगले दर्ताका लागि मार्गप्रशस्त गरेको जनाएको छ । आयोगले राजनीतिक दलको नाम र त्यसको प्रधान कार्यालय रहने ठेगाना, राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको सङ्ख्या, सङ्गठनात्मक स्वरूप, दल दर्ताका लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, आधिकारिक छापको नमूना र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नु पर्ने जनाएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनको लागि निवेदन पेस गर्दा संविधानको धारा २६९ को उपधारा (४) द्वारा निर्धारित सर्तहरू पूरा गरेको वा पूरा गर्ने कबोल गरेको हुनु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस