महोत्तरीको बर्दिवासका रामजी शाहीको हत्या « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

महोत्तरीको बर्दिवासका रामजी शाहीको हत्या


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका– ४ का रामजी शाहीको हत्या भएको छ ।
राईमण्डस्थित इन्देश्वर महादेव मन्दिरमा गएका बेला ७९ वर्षीय शाहीको हत्या भएको हो ।
मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय २८ वर्षीय हर्कबहादुर माझीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस