३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैत १० मा

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत सहभागी हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

क्लब स्थापनासँगै काठमाडौँमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यसपटक म्याग्दीमा आयोजना गरिएको क्लबका अध्यक्ष रमेश पुनले बताए ।

प्रतियोगितामा राष्ट्रियस्तरका पाँच र स्थानीय एक गरी ६ इभेन्टमा खेल खेलाइनेछ । बेनीस्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३०० खेलाडीले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल इभेन्टमा विजयी हुनेलाई सर्वाधिक पुरस्कार राशि एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । त्यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार र २५ हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताए ।

प्रतियोगिताअन्तर्गत मेन्स सिङ्गल इभेन्टमा प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई पाँच हजार तथा उमेन्स सिङ्गल, भेटरान्स डबल र १७ वर्षमुनिका पुरुषको सिङ्गल इभेन्टमा प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

सहभागी हुने खेलाडीलाई खान र बस्नको व्यवस्था निःशुल्क गरिएको प्रतियोगितामा करिब १७ लाख खर्च हुने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस