Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आत्मघाती हमलामा ४२ जनाको मृत्यु


प्रशासन संवाददाता

१४ फाल्गुन २०७३, शनिबार


बेरुत(एजेन्सी) । सिरियाका प्रमुख दुई वटा सुरक्षा मुख्यालय नजिकै भएका आत्मघाती हमलामा परी शनिबार ४२ जनाको मृत्यु भएको छ ।

जेनेभामा भइरहेको शान्ति बार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका छन् ।

“सुरक्षा निकायका दुई ओटा मुख्यालयको वरीपरि छ ओटा विस्फोटन भएका छन्,” सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका निर्देशक रमी अब्देल रहमानले जानकारी दिए ।

घटना भएको ठाउँ होम्स सन् २०१४ को मेदेखि पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको छ । तर पनि बम आक्रमण हुने क्रम भने दोहोरिइरहेको छ । गत वर्षको सुरुमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको थियो ।

पछिल्लो विस्फोटनमा मृत्यु भएकालाई “सहिद” भन्दै सरकारी टेलिभिजनले समवेदना प्रसारण गरिरहेको छ । घटनाको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस