Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

साताको नेप्से ३२ अङ्कले घट्यो


प्रशासन संवाददाता

१४ फाल्गुन २०७३, शनिबार


काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ०६८ कारोबारबाट दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार ३५० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ६ दशमलव ४३ प्रतिशत बढी हो । गतसाता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २९ हजार ३२७ कारोबारबाट दुई अर्ब ५८ करोड १४ लाख १५ हजार बराबरका ७९ लाख सात हजार ७२० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २८ अङ्कले घटेर २९० दशमलव ८८ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकम १४ करोड ८८ लाख ६० हजारको आधारमा बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या ( तीन लाख ८४ हजार कित्ता) को आधारमा एनआइबीएल संमृद्ध फन्ड एक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार सङ्ख्या ९एक हजार ५२९ वटा० को आधारमा बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋण पत्रको कुनै पनि कारोबार भएन । यो साता एभरेष्ट फाइनान्स लिमिटेड एक लाख ९९ हजार ४०३, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड एक लाख, सहारा विकास बैंक लिमिटेड ८२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको छ लाख र मुक्तिनाथ विकास बैंक लिमिटेडको २८ लाख ५० हजार ६७१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

त्यसैगरी यसैसाता अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको नौ लाख २८ हजार १९०, सहारा विकास बैंक लिमिटेडको तीन लाख ५४ हजार र मुक्तिनाथ विकास बैंक लिमिटेडको ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद सेयर तथा टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड १३ लाख २८ हजार २७२ अभिलेख सूचीकृत भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस