राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता


१४ फाल्गुन २०७३, शनिबार


लहान । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७३ अन्तर्गत भएको खेलमा लहानस्थित प्यारागन पब्लिक स्कुल प्रथम भएको छ ।

सिरहाको कर्जन्हा माविको प्राङगणनमा सम्पन्न उक्त प्रतियोगितामा १३१ अङ्क ल्याएर प्यारागन स्कुल प्रथम भएको विद्यालयका प्रधानाध्यापक उमेश चौधरीले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा ७१ अङ्क ल्याएर मिर्चैयास्थित पोलार स्टार स्कुल दोस्रो तथा ३७ अङ्क ल्याएर सदरमुकाम सिरहास्थित चन्द्र मावि तेस्रो भएका छन् ।

प्रथमलाई १५ हजारसहित सिल्ड र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेलाई क्रमशः १२ हजार र ९ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिए ।

गत फागुन ९ देखि १३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा कबड्डी, दौड, भलिबल ,ज्याब्लीङ थ्रो लगायत बिभिन्न खेल खेलाका थिए । सो प्रतियोगितामा सामुदायिक तथा निजीगरि जिल्लाका ५० वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई अन्तरजिल्ला तथा राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने जिल्ला खेलकुद विकास समिति सिरहाले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस