Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बुद्ध मण्डला निर्माणार्थ एक करोड १८ लाख सङ्कलन


१४ फाल्गुन २०७३, शनिबार


पोखरा । पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मुर्तिका लागि एक सय ८९ रोपनी जग्गा र रु एक करोड १८ लाख नगद सङ्कलन भएको छ ।

धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा शनिवार काहुँकोटमा आयोजित बुद्ध मण्डला निर्माणार्थ भूमिदान कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समूहले १७० रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो ।

त्यस्तै सो कार्यका लागि सात करोडको लागतमा छ रोपनी जग्गा खरिद गरी सकिएको छ भने स्थानीय समाजसेवी गमबहादुर गुरुङ, खिमबहादुर गुरुङ र इन्द्रबहादुर गुरुङको परिवारले आफ्ना पुर्खाको स्मृतिमा एक÷एक रोपनी जग्गा समितिलाई निःशुल्क प्रदान गर्ने घोषणा गरे ।

सो स्थानमा लगभग पाँच अर्बको लागतमा ८० मि उचाइको विश्वकै अग्लो बुद्ध मुर्तिसहित सङ्गहालय, पार्क, ध्यान केन्द, अध्ययन केन्द्रलगायत विभिन्न भौतिक संरचना निर्माण गरिने लक्ष्य रहेको धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङले जानकारी दिए ।

धर्मकाया बुद्ध मण्डल विकास एवम् व्यवस्थापन समितिका संरक्षक तथा लामा गुरु साङ्पा रिम्पोछेले सो कार्यक्रमको उद्घाटन गर्दै जग्गादाता र नगद प्रदान गर्नु हुने दानवीरलाई खादा ओढाएर सम्मान गरेका थिए ।

पोखराको जुनसुकै स्थानबाट पनि स्पष्ट देख्न सकिने गरी भगवान् बुद्धको मूर्ति निर्माण गरिने बताउँदै उनले विश्वका मासिनलाई यस क्षेत्रमा आउने वातावरण तयार हुनुका साथै काहुँकोटको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

उक्त बुद्धकाया निर्माणका लागि उनले आफ्नो व्यक्तिगततर्फबाट दश लाख र विभिन्न मुलुकका अनुयायीबाट सङ्कलन भएको दश लाखसहित कुल २० लाखको चेक समितिका अध्यक्ष रुद्र कुमारी गुरुङलाई हस्तान्तरण गरेका थिए ।

धारापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमार क्षेत्रीले बुद्धकाया मण्डला निर्माणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वन समूहले निःस्वार्थ जग्गाको स्वामित्व समितिलाई हस्तान्तरण गरेको बताए ।

समुन्द्री सतहबाट एक हजार ४२८ मिटरको उचाइमा रहेको सो रमणीय कोटबाट माछापुच्छरे, अन्नपूर्ण, धौलागिरि, मनासलुलगायत विभिन्न हिमशृङ्खलासहित पोखरा बजारको स्पष्ट दृश्यावलोक गर्न सकिन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समितिका महासचिव राजबहादुर गुरुङ, समितिका सल्लाहकार अशोक पालिखेलगायत जग्गा तथा नगद प्रदान गर्ने सामाजिक एवम् धार्मिक व्यक्तित्वले बुद्धधर्मको माध्यमबाट विश्वशान्तिमा महत्वपूर्ण योगदान पुगेको बताउँदै काहुँकोटमा निर्माण गरिने बुद्ध मण्डलाले आन्तरिक तथा बाह्रय पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस