Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हिमाली दृश्यावलोकनसहित स्थानीयताको आवासका लागि घरबास


१४ फाल्गुन २०७३, शनिबार


पोखरा । आरोहणको इतिहासमा पहिलो हिमाल अन्नपूर्ण एवम् कुमारी हिमाल माछापुच्छेलाई खाली आँखाले नजिकै दृष्यावलोकन र गाउँलेको आत्मीय मायाको प्रचुर अनुभूति गराउने कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे (घरबास) यतिखेर पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास भएको छ ।

प्राकृतिक सौंदर्यता, स्वच्छ र रमणीय वातावरणमा स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादनसहितको सामूहिक भोजन र घरघरमा आवासको व्यवस्था गरेर गत पुसदेखि सिङ्गो गाउँलाई समेटेर होमस्टे सुरु गरिएको हो ।

कास्कीकोट युवा सञ्जाल र ओम शान्ति महिला समूहको सक्रियतामा गाउँका २७ घरलाई समेटेर सञ्चालन गरिएको सो होमस्टेमा दैनिक ७० जनालाई सामूहिक खाना र घरघरमा आवासको व्यवस्था रहेको कास्कीकोट भुजेल गाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष लालबहादुर भुजेलले बताए ।


आगन्तुक पाहुनाको लागि एक दिनको प्रतिव्यक्ति ७०० लिने गरिएको छ ।


उनका अनुसार ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको सो क्षेत्रमा अवस्थित भुजेल गाउँ होमस्टे सञ्चालन भएको एक महिनाको अवधिमा लगभग १५० जना स्वदेशी तथा विदेशी पाहुना आइसकेका छन् । आगन्तुक पाहुनाको लागि एक दिनको प्रतिव्यक्ति ७०० लिने गरिएको छ ।

“अर्गानिक तरकारी, दूधजन्य पदार्थ, लोकल कुखुरा एवम् खसीको मासुसहित कोदोको ढिडो, सेलरोटी तथा पुवा र कोदोबाटै बनेको घरेलु मदिरालगायत विभिन्न स्वादिष्ट परिकार र ग्रामीण परिवेशको आवासको व्यवस्था गरेर होमस्टेमा नयाँपन दिन प्रयास गरिएको छ,” उनले भने, “होमस्टेमा दैनिक ७० जनासम्मको क्षमता रहेको छ ।”

समुद्री सतहबाट लगभग एक हजार ७०० मिटरको उचाइमा अवस्थित सो गाउँको आसपासका जङ्गलमा पाइने पखनवेद, फुलेको सुप, कमरु जस्ता आयुर्वेदिक महत्वका जडीबुटीको समेत पाहुनालाई पहिचान र स्वाद चखाउने योजना रहेको जानकारी दिँदै भुजेलले आफूहरुलाई होमस्टे सञ्चालनसम्बन्धी ज्ञानको भने अभाव खड्किएको बताए ।

गाउँमा आधुनिक भौतिक पूर्वाधार निर्माणका साथै सरसफाइमा समेत बढी ध्यान दिइएको बताउँदै उनले सम्बन्धित निकायमा संस्था दर्ता गरी पञ्चेबाजा र भजन चुडकाले पाहुनालाई प्रवेशद्वारबाटै स्वागत गरेर गाउँ प्रवेश गराउने योजना रहेको दिए ।

गाउँमा आउने प्रत्येक पाहुनालाई फूलमालाले स्वागत गर्दै साझ मालश्री, भजन चुडका, रत्यौउलीलगायतका विभिन्न मौलिक संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरेर आगन्तुक पाहुनालाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएको ओमशान्ति महिला समूहका सदस्य हरिमाया भुजेल बताएकि छन् ।


जङ्गलमा पाइने पखनवेद, फुलेको सुप, कमरु जस्ता आयुर्वेदिक महत्वका जडीबुटीको समेत पाहुनालाई पहिचान र स्वाद चखाउने योजना रहेको जानकारी दिँदै भुजेलले आफूहरुलाई होमस्टे सञ्चालनसम्बन्धी ज्ञानको भने अभाव खड्किएको बताए ।


गाउँको उत्पादनले छ महिना पनि खान नपुग्ने भएपछि युवा विदेशीन बाध्य भएको बताउँदै उहाँले होमस्टे सञ्चालन गरेपछि पाहुनालाई आतिथ्यता प्रदान गरेर थप आम्दानी गर्ने अवसर मिलेको बताए ।

घरमा आउने इष्टमित्रको लागि निर्माण गरिएका दुई वटा कोठा होमस्टे सञ्चालन भएपछि राम्रो आम्दानीको स्रोत बन्ने विश्वासका साथ घरमा होमस्टे सुरु गरेको वैदेशिक रोजगारबाट हालै फर्कनुभएका स्थानीय तीर्थ सुवेदीको भनाइ छ ।

सहरमुखी पर्यटनलाई ग्रामीण क्षेत्रमा विस्तारीकरण गर्ने मुख्य लक्ष्यका साथ २०६७ सालदेखि राज्यले होमस्टेको अवधारणालाई अभियानका रुपमा अगाडि बढाएको भुजेल गाउँ पुग्नुभएका पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया बताए ।

“रमणीय गाउँले मात्र होमस्टेको आवश्यकता पुग्दैन, आवश्यक भौतिक संरचना तयार गरेर पहुनालाई न्यूनतम सुविधा दिनसक्नु पर्छ, उनले भने, “पर्यटकमैत्री वातावरणका साथै गाउँ तथा टोलमा सरसफाइ र सुरक्षाको प्रत्याभूति अत्यन्त जरुरी छ ।”

पोखराको विन्ध्यवासिनीदेखि रमणीय गाउँ सराङकोट हुँदै १३ किलोमिटरको दूरीमा यातायात सुविधा रहेको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छे« र मनास्लुसम्मका मनोरम हिमशृङ्खला स्पष्ट देख्न सकिने सो गाउँको होमस्टेको प्रवद्र्धनका लागि राज्य र सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञको धारणा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस