३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले नेपालको विकासका लागि धेरै महत्व दिएको छः राजदूत

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाल–चीन प्राचीनतम सम्बन्धलाई नयाँपन दिएर दुई देशको आर्थिक, सामाजिक विकास गर्नुपर्ने औँल्याएका छन् ।

नेपाल–चीन हिमालयमैत्री समाजले शुक्रवार आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल आत्मनिर्भर भएर अघि बढ्नका लागि चीनको सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत यु होङले चीन सरकारले नेपालको विकासका लागि धेरै महत्व दिएको उल्लेख गरे । उनले सन् १९६०÷७० का दशकमा अहिले जतिको विकास नभएको अवस्थामा पनि चीन सरकारले ११४ किमी कोदारी राजमार्ग । १७४ किमी पोखरा–काठमाडौँ राजमार्ग निर्माणमा सहयोग गरी नेपालको आर्थिक र पर्यटकीय विकासमा सहयोग गरेको स्मरण गराए ।

नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले नेपालको विदेश नीति समानताका आधारमा निर्माण गर्नुपर्ने र सोहीअनुसार नेपालको आर्थिक, सामाजिक, सांस्कृति र भाषिक समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कायक्रममा चीनसँग जोडिएका नेपालका १५ जिल्लाका सांसदले चीनसँग नाका सहज नहुँदा कठिनाइ भएकाले नेपाल र चीन सरकारले सो कुरालाई ध्यान दिनुपर्ने भनाइ राखेका थिए । समाजका अध्यक्ष तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल–चीनबीच देश–देश, जनता–जनताबीच सुमधुर सम्बन्ध बनाई दुवै देशका सरकारले हिमाली क्षेत्रका नाकामा परेको समस्याबारेमा सम्बोधन गराउन ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस