घरको छानो हाल्न सकिएन
पुरानो याद फाल्न सकिएन
गरिब त गरिब यस्तो गरिब
फाटेको लुगा टाल्न सकिएन
यसरी बढ्यो की महङ्गी अचेल
परिवार आफ्नो पाल्न सकिएन
असिम प्यार थियो मन भित्र
प्रेमको दियो बाल्न सकिएन
खै कता भयो समानता लागू
मन्दिरमा पद् चाल्न सकिएन
१४ फाल्गुन २०७३, शनिबार
घरको छानो हाल्न सकिएन
पुरानो याद फाल्न सकिएन
गरिब त गरिब यस्तो गरिब
फाटेको लुगा टाल्न सकिएन
यसरी बढ्यो की महङ्गी अचेल
परिवार आफ्नो पाल्न सकिएन
असिम प्यार थियो मन भित्र
प्रेमको दियो बाल्न सकिएन
खै कता भयो समानता लागू
मन्दिरमा पद् चाल्न सकिएन