किन सोध्छौ प्रिय मलाई ? « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

किन सोध्छौ प्रिय मलाई ?


१४ फाल्गुन २०७३, शनिबार


के फुलहरूले कसैलाई सोधे र ?
ढकमक्क फुलूँ या नफुलूँ भनेर
नदिले कसैको आग्रहमा
अनन्त यात्रा तय गर्यो र ?
यि जून अनि ताराहरूले
अरूलाई सोधे र ?
यो अन्धकारमय धर्तीलाई
आलोकित पारूँ या नपारूँ भनेर
किन सोध्छौ प्रिय मलाई ?
प्रेम गरूँ या नगरूँ भनेर ?

हेर न, यि वृक्षहरूमा लटरम्म फल
कसैलाई सोधेर लागेका हुन् र ?
यो मन्दमन्द हावा
कसको अनुमतिमा बहेको हो र ?
यि हिमालहरू कसलाई सोधेर
अग्लिएका हुन् र ?
सूर्यले कसको आदेशमा
आफ्ना आभा फिंजाएको हो र ?
यि पहाडहरूले कसलाई सोधेर
युगयुगसम्म अटल रहने
आत्मविश्वास लिएका हुन् र ?
तिमी निरुत्तरित् छौ
यि तमाम प्रश्नहरूका अगाडि
फेरी किन सोध्छौ प्रिय मलाई ?
विश्वास गरूँ या नगरूँ भनेर ?

प्रतिक्रिया दिनुहोस