निर्वाचनमा असन्तुष्ट सवैलाई सहभागी गराउन राजदूत रायको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचनमा असन्तुष्ट सवैलाई सहभागी गराउन राजदूत रायको आग्रह


प्रशासन संवाददाता

१३ फाल्गुन २०७३, शुक्रबार


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई अबका दिनमा सामाजिक, सांस्कृतिक, धार्मिकसँगै आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रवार आयोजित साक्षात्कारमा राजदूत रायले स्थानीय तहको निर्वाचनमा सकेसम्म असन्तुष्ट सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गरे ।

“भारतले नेपालमा संविधान जारी हुँदा त्यसमा सबैको सहभागिता भएको देख्न चाहे जस्तै स्थानीय तहको निर्वाचनमा पनि सबैको सहभागिता भएको देख्न चोहेको छ”– राजदूत रायले भने । नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस