Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुवाँथाई प्रतियोगिता सुरु


प्रशासन संवाददाता

१३ फाल्गुन २०७३, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई एसोसिएसनद्वारा शुक्रवार आयोजित प्रथम प्रधानमन्त्री कप तथा तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने माध्यम खेलकुद भएकाले पनि यसको विकास तथा विस्तारमा कुनै कन्जुस्याइँ गर्न नहुने बताए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुरु भएको खेलमा सशस्त्र प्रहरी बलका रुपक नेपाली र केन्द्रीय मुवाँथाई सङ्घका विवेक गदाल विजयी भएका छन् । नेपाली काभ्रे मुवाँथाई क्लबका अच्युत अधिकारीलाई पराजित गर्दै तथा गदाल न्यु प्लाजा क्लबका हृतिक मगैयालाई पाखा लगाउँदै विजयी भएका हुन् ।

शनिबारसम्म चल्ने प्रतियोगितामा ५०, ५५, ६०, ६५, ७० तथा ७५ केजी तौलसमूहमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पचपन्न केजी तौल समूहमा भने महिलाले पनि प्रतिस्पर्धा गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस