मानव जीबनमा योगको महत्व « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

मानव जीबनमा योगको महत्व


१३ फाल्गुन २०७३, शुक्रबार


मानिसको अन्तिम ध्येय सुखभोगद्वारा आनन्द प्राप्त गर्नु हो । सुख र दुःखको अनुभव गर्ने साधन इन्द्रीय र मन हुन् ।

इन्द्रीय र मनले शरीरमा अवस्थित रहेर सुखको कामना (तृष्णा) गर्दछन् र सो कामना प्राप्तिका लागि शरीरद्वारा नै विभिन्न प्रयत्न (कर्म) गर्दछ ।

कर्मको फलको रूपमा सुखभोग गरी त्यसबाट आनन्द प्राप्त गर्दछ । त्यसैले योगशास्त्रमा ‘शरीरमाद्यं खलु धर्म साधनम्’ अर्थात् शरीर नै सबै धर्म (कर्म) गर्ने साधन हो भनिएको छ । त्यसर्थ शरीरलाई स्वस्थ, सुदृढ र पवित्र राख्न सके मात्र मानसिक रूपमा पनि सन्तुलित, सीर्जनात्मक, सक्रिय र जागरूक भएर विभिन्न कर्महरू सम्पादन गर्न सक्षम हुन्छ ।

यसबाट व्यक्तिको व्यक्तित्व विकास हुन्छ र विभिन्न प्रकारका (शारीरिक, मानसिक, भौतिक र सामाजिक) सुखहरूको भोग गरी आनन्द प्राप्त गर्न सफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस