Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सहमति भयोः प्रधानमन्त्री


१२ फाल्गुन २०७३, बिहिबार


रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन विधेयक अब अगाडि बढ्ने बताएका छन् ।

बिहिवार रुकुमको मुसिकोटमा प्रथम मध्यपश्चिम रुकुम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानसभाबाट घोषणा भएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सबैको काँधमा रहेकाले संशोधन विधेयक अगाडि बढाउन एमालेलगायतका दलहरु सहमति भएको स्पष्ट पारे ।

उनले संविधान संशोधनका लागि सत्ता पक्ष र प्रतिपक्षसँग आज सहमति भएकाले अब संशोधन विधेयक अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री दाहालले सरकारको अहिलेको मुख्य जिम्मेवारी भनेको सबै राजनीतिक दलबीच सहमति गराएर देशमा राष्ट्रिय एकता कायम गरी समयमा नै तीन तहको निर्वाचन गराउने रहेको उल्लेख गरे ।

संविधानले तोकेको समय सिमाभित्र तीन तहको निर्वाचन गराउन नसके देश गम्भीर दुर्घटनामा फस्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले भने, “सरकार अहिले तराई मधेसदेखि पहाड हिमाल हुँदै पूर्वदेखि पश्चिमसम्मलाई एकताबद्ध गराएर देशलाई निर्वाचनतिर लैजाने क्रममा छ ।”

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरीसकेकाले सबै पक्षलाई निवार्चनमा केन्द्रीत हुन उनले आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस