संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान एमाले सहमत « प्रशासन
Logo २९ आश्विन २०७८, शुक्रबार
   

संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान एमाले सहमत


१२ फाल्गुन २०७३, बिहिबार


काठमाडौँ । सरकार र प्रतिपक्ष व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् ।

बिहीवार बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा यस्तो सहमति भएको सभामुख घर्तीले जानकारी दिइन् ।

सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा यस्तो सहमति भएको सभामुख घर्तीले जानकारी दिइन् ।

आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताइन् ।

“सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । सहमतिप्रति म खुसी व्यक्त गर्दछु,” सभामुख घर्तीले भनिन् । रासस

प्रतिक्रिया दिनुहोस