राप्रपामा पन्ध्र केन्द्रीय सदस्यमा मनोनीत « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

राप्रपामा पन्ध्र केन्द्रीय सदस्यमा मनोनीत


१२ फाल्गुन २०७३, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम बुधवार १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

पार्टीका मुख्यसचिव विश्वेश्वर शर्मा सुवेदीका अनुसार मनोनीत हुनेमा दीपक बोहरा (रुपन्देही), नवराज सुवेदी (रामेछाप), हरिबहादुर बस्नेत (उदयपुर), टङ्कप्रसाद ढकाल (भोजपुर), रामकुमार सुब्बा (सुनसरी), दिलनाथ गिरी (सङ्खुवासभा) र नरेन्द्र चौधरी (सुनसरी) रहेका छन् ।

त्यस्तै रामचन्द्र राय (सर्लाही), भीमप्रसाद गौचन (म्याग्दी), रामकृष्ण भट्टराई (मोरङ), उद्धव पौडेल (काठमाडौँ), चन्द्रबहादुर गुरुङ (कैलाली), राम थापा (झापा), नरेन्द्रबहादुर चन्द (बैतडी) र गीता बस्नेत (बर्दिया)लाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस