Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मोर्चाद्वारा राजविराजमा प्रदर्शन


११ फाल्गुन २०७३, बुधबार


राजविराज । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको मोर्चाको मसाल जुलुसमा सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरुको माग सम्बोधन नहुन्जेलसम्म कुनै पनि निर्वाचन हुन नदिने भन्दै राजविराजका विभिन्न भागको परिक्रमा गर्दे स्थानीय जनआन्दोलन चोकमा गएर सम्पन्न भएको थियो ।

सरकारले घोषणा गरेको निर्वाचनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको मधेस बन्दको पूर्वसन्ध्यामा मङ्गलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको मोर्चाले जनाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको थियो ।

त्यस्तै, मोर्चाका कार्याकर्ताले जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगरलगायतका ठाउँमा समेत मसाल जुलुस प्रर्दशन गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस