Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अन्तराष्ट्रिय मातृभाषा दिवसमा बिविध कार्यक्रम


११ फाल्गुन २०७३, बुधबार


धनगढी । कालीकर्णाली क्षेत्रको ऐतिहासिक, प्राकृतिक, धार्मिक, भाषिक, संस्कृतिक एवम् सामाजिक पक्षको चिनारी गराउने उद्देश्यका साथ मंगलवार धनगढीमा अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । डोट्याली भाषा संरक्षण गर्ने र मातृभाषा लाई जीवन्त तुल्याउने तथा आफ्नो क्षेत्रलाई चिन्ने र चिनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सुदूर चिनारी क्षेत्रीय दुईमासे डोट्याली पत्रिका प्रकासक/सम्पादक एन् के जोशीले बताए । प्रत्येक बर्ष अन्तराष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको सुदूर चिनारीले यस बर्ष पनि विविध कार्यक्रमका साथ मनाएको छ ।

कार्यक्रममा डोट्याली मातृभाषाको चिठी लेखन प्रतियोगिता, मातृभाषाका रचना वाचन र मातृभाषा विकासको लागि छलफल एवम् विचार विमर्श समेत गरिएको थियो। चिठी लेखन प्रतियोगितामा प्रथम दार्चुलका भुपीसिंह धामी, द्वितीय दिपायल डोटीका तीर्थराज भट्ट र तृतीय महेन्द्रनगर, कञ्चनपुरकी प्रतिभा भट्ट भएका थिए।

प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्नेलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट पाँच चिठी सुदूर चिनारीमा प्रकाशित गरिने र उत्कृष्ट दश जनालाई एक बर्षसम्म सुदूर चिनारीको पत्रिका निशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।

सुदूर चिनारीका प्रकासकरसम्पादक एन् के जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नरेन्द्रराज रेग्मी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथि रेग्मीले सुदूर चिनारीले भाषा, सात्यिको संरक्षणका क्षेत्रमा गर्दै आएको सिर्जनात्मक क्रियाकलापले भाषाको अस्तित्व जोगिने र भाषाको अस्तित्वसँगै आफ्नो मौलिक पहिचान पनि कायम रहने बताए ।

कार्यक्रममा बरिष्ठ साहित्यकार यज्ञराज यात्री, पद्मराज जोशी प्रभात, दलबहादुर बोगटी, डम्बर शर्मा बडू, तीर्थराज पाण्डे, रूपा स्वार, उमाकान्त जोशी, गणेश नेपाली, तीर्थराज भट्ट लगयतले मातृभाषामा मन्तव्य व्यक्त गर्दै सबैलाई मातृभाषाको विकाशमा लाग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस