पानी पीउने ठिक तरिका « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

पानी पीउने ठिक तरिका


११ फाल्गुन २०७३, बुधबार


बसेर पानी पिउने

आयुर्वेद र प्राकृतिक उपचार पद्धतिका अनुसार उभिएर पानी पिउँदा पानी द्रुत गतिमा एकैचोटी ठुलो आन्द्रासम्म पुग्ने हुन्छ । न्यूनतम आवश्यक समयसम्म पानी शरीरमा रहन नपाउँदा शरीरले पानीद्वारा प्राप्त गर्ने अत्यावश्यक पदार्थहरु ग्रहण गर्न पाउँदैन फलस्वरुप शरीर कमजोर हुनको साथसाथै हाडजोर्नी तथा मृगौला सम्बन्धि रोगहरु निम्तिन सक्छ ।

एकैचोटी नपिउनुस, बिस्तारै घुट्का घुट्का गर्दै पिउनुहोस

यसरी पानी पिउन पर्ने केही कारणहरु छन् पहिलोमा र्याल हाम्रो शरीरको प्राकृतिक छार हुने हँुदा यसले हाम्रो पेटमा रहेको एसिडलाई सन्तुलित राख्नमा सहयोग गर्दछ त्यसको लागि पानीलाई र्यालसँग घुल्न पर्याप्त समय दिनु पर्दछ दोस्रो बिस्तार पानी पिउँदा हाम्रो पाचन प्रणालीलाइ निकै फाइदा हुन्छ र तेस्रो कारण एकैचोटी पानी पिउँदा यसले हाम्रो पेटमा नकारात्मक असर पर्न सक्छ

धेरै चिसो पानी नपिउनुहोस्

निकै चिसो पानीले हाम्रो मुख र आन्द्राको स्नायुहरुलाई नकारात्मक असर गर्ने हुन्छ र साथसाथै यसले हाम्रो पेटमा अवस्थित पाचन रसहरु शुद्ध निस्क्रिय गर्दछ अझ आयुर्वेद अनुसार त खानासँग पिइने निकै चिसो पानीले त लगभग बिषकै काम गर्छ भनिएको छ

खाना अग्नि धेरै पानी नपिउनुस्

खाना खान अघि धेरै पानी पिउनाले यसले पेटमा भएको पाचन रसहरुलाई पखाल्ने गर्दछ । खानासँग धेरै पानी घुलिन जनाले शरीरको पाचनक्रियाले पर्याप्त मात्रामा पौष्टिक पदार्थ ग्रहण गर्न पाउँदैन । आयुर्वेद अनुसार भोजन पश्चात पेटमा ५० प्रतिशत खाना २५ प्रतिशत पानी र बाँकी २५ प्रतिशत पाचन रस र प्रक्रियाका लागि खाली रहनुपर्दछ ।

उचित समयमा पानी पिउनुहोस्

उठ्ने बितिक्कै २ गिलास पानी पिउनुहोस, खाना खान आधा घण्टा अघि एक ग्लास पानी पिउनुहोस् ।
नुहाउनअघि एक गिलास पानी पिउनुहोस् ।
सुत्नु अघि एक गिलास पानी पिउनुहोस् ।
व्यायाम अघि र पछि एक–एक ग्लास पानी पिउनुहोस् ।
सकेसम्म बोतलबाट पानी नपिउनुहोस् ।
अस्वस्थ अवस्थामा सामान्य अवस्थामा भन्दा बढी पानी पिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस