Logo ८ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुईलाख ४० हजारलाई हात्तीपाइलेविरुद्ध औषधि


१० फाल्गुन २०७३, मंगलबार


बैतडी । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।

हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए ।

जोशीका अनुसार गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइनेछ ।

जिल्लामा गएको पाँच वर्षयता हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालबाट सन् २०२० सम्ममा हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकृत जोशीेले जानकारी दिए ।

हात्तीपाइले विरुद्धको औषधि लगातार छ वर्षसम्म वर्षमा एकपटक सेवन गर्नुपर्ने हुन्छ । यो वर्ष बैतडीमा झन्डै दुई लाख ४० हजार जनसङ्ख्यालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ ।

हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमका लागि जिल्लाभरि ४५० भन्दा बढी स्वास्थ्यकर्मी, ८३१ भन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका र ६४९ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले हात्तीपाइले उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिँदै कार्यक्रममा सहयोग गर्न पनि सबैलाई आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस