वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव « प्रशासन
prasaLogo
१५ श्रावण २०७८, शुक्रबार
   

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव


प्रशासन संवाददाता

९ फाल्गुन २०७३, सोमबार


काठमाडौँ। निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमवार साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए ।
परामर्शपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आयोग द्रुत गतिमा निर्वाचन गराउन तयार रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस