सूर्तिजन्य पदार्थको सेवन र आधुनिक जीवनशैलीका कारण क्यान्सर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सूर्तिजन्य पदार्थको सेवन र आधुनिक जीवनशैलीका कारण क्यान्सर


प्रशासन संवाददाता

८ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि क्यान्सर तथा मुटु रोगी बढ्दै गएको आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

क्यान्सर काउन्सिल नेपालको आयोजनामा सेन्टजेभियर्स कलेजले आइतवार आयोजना गरेको वातावरणीय प्रभाव, धुम्रपानको नकारात्मक असर, क्यान्सर तथा मुटु रोगको बारेमा जनचेतनामूलक कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले नेपालमा सूर्तिजन्य पदार्थको कारण र आधुनिक तरिकाको जीवनशैलीले गर्दा दिन प्रतिदिन क्यान्सर तथा मुटु रोगीहरूको सङ्ख्या बढ्दै गइरहेको बताए ।

जनचेतनाको अभाव र स्वास्थ्य सेवाको अभावमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सर रोगीहरू रोगको पहिचानै नभई मर्ने गरेको उनको भनाइ छ ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र्रलाल कडरियाले नेपालमा ३४ हजारभन्दा बढी मानिस लागुपदार्थको कुलतमा फसेको बताए । सुरुको अवस्थामा युवाहरू सूर्तिजन्य पदार्थको प्रयोग गरेतापनि कालान्तरमा लागुपदार्थको सेवनमा फस्ने गरेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस