सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमाः प्रधानमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमाः प्रधानमन्त्री


प्रशासन संवाददाता

८ फाल्गुन २०७३, आइतबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मधेसी मोर्चाका नेताहरुलाई जानकारी गराएका छन् ।
सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरुको बैठकमा प्रधानमन्त्रीले सरकार निर्वाचनको अन्तिम तयारीमा रहेको जानकारी गराएका हुन् । प्रधानमन्त्रीले मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विद्येयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।
मोर्चाका नेताहरुले मोर्चाको मूख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुंगोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । बैठकमा संविधान संशोधन प्रस्तावको प्रक्रिया, त्यसमा सरकारले खेल्ने भूमिका, स्थानीय तहको संख्यामा हेरफेर, स्थानीय निर्वाचनको औचित्य र सरकारले गरेको तयारी लगायतका विषयमा खुलेर सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस