पत्रकार बुढाथोकीको ‘समकालीन नेपाली अर्थतन्त्र’ सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पत्रकार बुढाथोकीको ‘समकालीन नेपाली अर्थतन्त्र’ सार्वजनिक


प्रशासन संवाददाता

८ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित पुस्तक ‘समकालीन नेपाली अर्थतन्त्र’को आइतवार सार्वजनिक गरिएको छ ।

आर्थिक पत्रकारितामा लामो समयदेखि क्रियाशील रहँदै आएका बुढाथोकीको यो दोस्रो पुस्तक हो । पुस्तकको पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत र अर्थविद् प्रा डा विश्वम्भर प्याकुरेल लगायतले संयुक्तरुपमा सार्वजनिक गरे ।

पूर्वअर्थमन्त्री अधिकारीले आर्थिक उदारीकरण भन्दैमा राज्यको लोककल्याणकारी भूमिका समाप्त नहुने टिप्पणी गर्दै आउने दिनमा राज्यको भूमिका अझ बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा महतले आर्थिक क्षेत्रको विस्तार र विकासलाई नै अगाडि बढाउनुपर्ने र सङ्घीयतामा आर्थिक विषयलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा विशेष योजनाका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

अर्थविद् प्रा डा प्याकुरेलले विगत ३० वर्षमा भएको नेपालको आर्थिक उन्नति स्वाभाविक थियो या उदारीकरणको परिणाम थियो भन्ने विषयमै प्रश्न रहेको बताउँदै त्यसको उचित निरुपण गर्नुपर्ने बताए ।

आधुनिक नेपालको सङ्क्षिप्त इतिहाससहित समेटिएको सो पुस्तकमा समसामयिक नेपालको विकास अर्थतन्त्रका विभिन्न पाटा र पक्षकाबारेमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस