Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपाको अध्यक्षका लागि थापा र राणाको उम्मेदवारी


प्रशासन संवाददाता

८ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदका उम्मेदवार थापा लामो समयदेखि पार्टी नेतृत्वमा छन् भने अर्का उम्मेदवार राणा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष हुन् । उम्मेदवार मनोनयन गर्नका लागि अध्यक्ष पदमा ५० हजार तथा केन्द्रीय सदस्यका लागि सात हजार शुल्क तोकिएको छ ।

पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई र थारु समुदायबाट एकजना निर्वाचित हुनेछन् ।

पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुलामा ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुस्लिम दुई, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई, थारु समुदायबाट एक र प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।

पार्टीका नेता किरण गिरीका अनुसार महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनित गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ जसअनुसार पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई मानार्थ केन्द्रीय सदस्य बनाइने भएको छ ।

सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठ, पार्टीका उपाध्यक्ष दीपक बोहरा, बुद्धिमान तामाङ, प्रतिभा राणा, पार्टीका महामन्त्री टङ्क ढकाल र राजेन्द्र लिङ्देन, प्रवक्ता राजाराम श्रेष्ठ तथा पूर्वमन्त्री सुनिल थापा र जयन्द्र चन्दलगायतले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, कलाकार रेखा थापा, कोमल ओली तथा युवा नेता भरत गिरीले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । सोमबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गरिने निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।

निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिनेछ । सोमबार साँझसम्म परिणाम आउने गरी तयारी गरिएको छ । यसअघि आज बिहानैदेखि निर्वाचन प्रक्रिया सुरु गरी मतदाता नामावली प्रकाशित गरिएको थियो जसमा तीन हजार २८७ मतदाता कायम गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस