Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श


प्रशासन संवाददाता

८ फाल्गुन २०७३, आइतबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका प्रमूख आयुक्त र आयुक्तहरुलाई बोलाएर प्रधानमन्त्रीले निर्वाचनबारे परामर्श गरेका हुन् ।

परामर्शमा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने तयारी गर्न आयोगलाई आग्रह गरेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले बैशाख मसान्तभित्र नै निर्वाचन गर्ने गरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् ।

भेटमा आयोगका पदाधिकारीहरुले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गर्न सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्ण रुपले सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस