Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ


८ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट आज मध्याह्न १२ बजे नेपाल आएका ३५ वर्षीय कश्यप कान्तिलाल पक्राउ परेका हुन् । भन्सार जाँचका क्रममा आधा-आधा किलोको दुईवटा सिक्री र आधा किलोको सुनको बाला लगाएको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले जानकारी दिए ।

पक्राउ परेका कश्यप भारतको अहमदावाद निवासी भए पनि हाल दुबईमा बस्दै आएका थिए । उनी युएईको राहदानीबाहक हुन् । हिन्दी, अङ्ग्रेजीका साथै नेपालीसमेत बोल्न जान्ने कश्यप यसअघि पनि नेपालमा सुन तस्करीमा संलग्न भएको अनुमान गरिएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाइएको सापकोटाले बताए । यसअघि गत पुस २१ गते भन्सार छलेको करिब साढे ३३ किलो सुनसहित तीन जनालाई प्रहरीले विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस