– हाम्रा ऋषिमुनिहरुले अनेक अध्ययन अनुसन्धान गरी हामीलाई आयुर्वेदको ज्ञान दिए, जसले हामीलाई आहार र औषधिमूलोको ज्ञान दिएको छ ।
– सत्चरित्र र सदाचार भन्दा माथी शुद्ध आहारलाई महत्व दिइएको छ । आहार भोक हटाउने साधन मात्र हैन, यो शरीर, स्वास्थ्य, मन, भावना र संस्कार बनाउने कच्चा पदार्थ पनि हो ।
– वर्तमान जनजीवन र जीवन शैलीका अधिकांश समस्या खान पिउन नजानेर जन्मिएका हुन् ।
– खान जाने सुखै सुख, नजाने दुःखै दुःख । तर विडम्वना आधुनिक डाक्टरहरुलाई नै के खाने ? के नखाने बारेमा राम्रो ज्ञान भएको पाइदैन ।
– यदि स्वस्थ आहार लिन जानेको अवस्थामा मानिसको तन स्वस्थ, फूर्तिलो, निरोगी हुन्छ भने मन सदाचारी बन्दै जान्छ, जसले गर्दा सत्कर्म गर्न प्रेरणा मिल्ने, मुहारमा ओज, तेज आभा भरिदै जाने छ ।
यसको ठीक विपरित सहि आहार लिन नजानेको अवस्थामा व्यक्तिभित्र तनाव, चिन्ता, रोग उत्पन्न भइ कष्टकर जीवन जिउन वाध्य हुन्छ ।