जीविकोपार्जनका लागि नगद वितरण « प्रशासन
prasaLogo
१७ श्रावण २०७८, आइतबार
   

जीविकोपार्जनका लागि नगद वितरण


७ फाल्गुन २०७३, शनिबार


नगरकोट । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्प प्रभावितको जीविकोपार्जनका लागि शुक्रबारदेखि नगद वितरण सुरु गरेको छ ।

रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले चाँगुनारायण–१७ झौखेल निवासी एकल महिला गणेशमाया दनेखुलाई नमुना चेक हस्तान्तरण गरी नगद वितरण कार्यक्रमको शुभारम्भ गगरेका हुन् । चाँगुनारायण– ६ र १७ का दुई सय १२ परिवार भूकम्प प्रभावितलाई पहिलो किस्ता बैंक मार्फत वितरण गरियो ।

जिप्रका भक्तपुरले तोकिदिएकोे जिल्लाका विभिन्न नगरपालिकाका २१ वटा वडाको करिब तीन हजार एक सय घरधुरीलाई रु २० हजारका दरले नगद अनुदान सहयोग वितरण गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस