Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उदयदेवको आराधना


७ फाल्गुन २०७३, शनिबार


हाम्रो पश्चिम प्रान्त मानसगिरी–राजा उदैदेव शिव,
चामुण्डा सुरशक्ति औं सुरनयाँ–हज्जार देवादिक
बस्छिन् शान्त–सुशान्त सात बहिनी–रौंला गिरीका शिर,
बस्त्राभूषणमा शिरै मुकुटमा–बायू गती छन् स्थिर

ब्रह्मादीहरुले नजान्न सकिने–अज्ञातलीला छ यो,
जस्का आत्म रही सदाशिव स्वयं–दुर्गा र काली अहो !
तिम्रो विश्व ब्रह्माण्ड उच्च मणिको–सद्बुिद्घ सुद्घि मती,
पाऊ पर्छु म ब्रह्मका र शिवका–राखी सदा सद्मतीे

वायुका गतिमा उडी गगनमा–हज्जार सूर्यै सरी,
द्यौताका पनि देवता जगतका–ती दिव्य आत्माहरी,
चामुण्डा सित कालीका भगवती–हौ देवताकी धनी,
यो पृथ्वीतल स्वर्गलोक भरमा–दुर्गा र काली बनी

ज्योतिमण्डल आदि दिव्य प्रभुमा–चारै दिशा उज्वल
वायु अग्नि र स्वर्ग मत्र्य तलकी–देवी तिमी प्रज्वल
सात् बैनी बडिमालिका भगवती–शिवशक्तिका साथमा
गंङ्गा ,सिन्धु, सरस्वती र यमुना–गोदावरी माथमा

रण्सैनी, बगला, मेलौली, निङ्ला–सात्बैनी हे ईश्वरी,
तिम्रासाथ रहे उदयदेव भगवान–यो देह उत्तम धरी
शिवको चन्द्रमुकुट शिरै उपरमा–दुर्गाजीका नेत्रमा,
श्री गोविन्द मयुर शिरै मुकुटमा–शोभा दिने गाथमा

हे नारायण विष्णुरुप भगवान–मेरा उदयदेव हरि,
तिम्रो तेज प्रकास पुञ्ज छरने–हज्जार सूर्यै सरी
सत्यैको जगहाल्न दिव्य गतिमा–आनन्दका मालिक,
वायुका गतिमा विभूषित सदा–आनन्दका शालिक

शान्ति धैर्र्य र भूक्ति–मुक्ति गरने–यो लोकको हितमा
रक्षामा बडिमालिका सित सधै–आशिष देउ मुमा
जस्का आसन रम्यता जडित छन्–श्री ओमका शक्तिले,
शिव दुर्गा जननी र पार्वती उमा–भज्छौ सदा भक्तिले

ज्योति ज्ञान प्रदीप पुञ्ज भगवान्–ब्रह्मा उदैदेव हरी,
हामी भक्तजना सबै हजुरका–झुक्छौं शरणमा परी
वैदिक लौकिक चन्द्रज्योति शिरमा–श्री विष्णुको बास छ,
स्वस्तीको समभाव ब्रह्म हितमा–दिर्घायुको आस छ

जम्बुद्वीप हिमाल मानसमहा–प्रख्यात शक्ति पनि ,
गर्छौ नास सदा सबै असुरको–कालै स्वरुपी बनि
जस्को दिव्य प्रभाव पर्छ शिरमा–हज्जार सूर्य सरी,
ब्रह्मा शक्ति र तेजपुञ्ज बलले–विख्यात छौ हे हरी !

कालाझाल कृपालु हौ प्रभु तिमी–कल्याणका खातिर,
धेरै संकट नाश गर्न प्रभु नैै–लाग्छौं सधै आखिर
जस्को नाम र सम्झना हरघडी–मान्छे यहाँ लिन्छ जो,
उस्को टर्दछ विघ्न जीवन भरी–सायुज्यमा पुग्छ त्यो !

यी जम्मै शिवशक्ति देवहरु छन्–यै बैतडी पाटन,
जस्का शक्ति अपार छन् निशि दिवा–गर्छन् यिनै पालन
हाम्रा पश्चिम प्रान्तका शिखरमा–देवत्वको बास छ,
यैँ छन् श्वेत हिमाल उच्च चुचुरा–यैँ स्वर्ग आभास छ

प्रतिक्रिया दिनुहोस