Logo २३ कार्तिक २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘डहरेको डायरी’ मा भेटीका कुरा


७ फाल्गुन २०७३, शनिबार


मिल्छ भने नुन–तेल महँगो नबनाऊ
त्याग गर्न मनलाई शहङ्गो नबनाऊ
देशको स्वरुप बदल्ने वहानामा
नेपाललाई कृपया कङ्गो नबनाऊ
(मु. १०९)

‘डहरेको डायरी’ मुक्तक सङ्ग्रह पछिल्लो समय मुक्तक पारखीहरुकालाई चर्चाको विषय बनेको छ । ‘दिलको दैलो’ मुक्तक सङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यको मुक्तक विधामा आफ्नो दह्रो उपस्थिति जनाउन सफल पौडेल लोकेन्द्र डहरेको यो दोस्रो मुक्तक सङग्रहमा १२४ थान मुक्तकहरु समावेश गरिएका छन् ।

जीवन–जगत प्रेम, राजनीति, विकृति विसङ्गति राष्ट्रियता जस्ता विविध विषयमा केन्द्रित भएर लेखिएका उनका मुक्तकहरुवाई चतुष्पदीय संरचनामा संरचित छन् । समयसम्म राष्ट्रसेवकका रुपमा कार्यरत रही अवकाश लिएका डहरेका मुक्तहरु राष्ट्रियताप्रति बढी गम्भीर देखिन्छन् ।

सामन्य विषयबस्तुलाई पनि विभिन्न तरिबाट उठान गरेर मिठास भर्न सक्ने क्षमता लोभ लाग्दो रहेको छ डहरेको । अभिव्यक्तिको सशक्तताको निम्ति आवश्यक सही शब्दको चयन र त्यसको साब्दिक प्रयोगले पौडेल लोकेन्द ‘डहरे’ लाई औलामा गन्न सकिने सीमित मुक्तककारहरुको कोटीमा राख्न सकिन्छ ।
साथीहरु सोध्छन् सक्तो छ कङ्गोमा ?
सोच्दै नसोचेको जस्तो छ कङ्गोमा ।
हिंसाको खेती गर्छन् सायद त्यसैले होला ।
चामलभन्दा बन्दुक सस्तो छ कङ्गोमा ।
(मु.१०४)

पहिल्लो समय गृहयुद्धबाट थलथलिएको राष्ट्र कङ्गो निकै गरीव राष्ट्र हो । युरोपले देश बदल्ने नाममा अराजकता निम्ताएर देशलाई कङ्गो हुनबाट बचाउन आग्रह गर्छन् पौडेल लोकेन्द्र डहरे । हाम्रो इतिहास, हाम्रो पहिचान र हाम्रो अस्तित्व रक्षा गर्ने दायित्व हामी सबैको हो नागरिक सचेत नभएसम्म हाम्रो बलिदानी पूर्ण इतिहासको रक्षा हुन नसक्ने निश्कर्श निकाल्दै उनी लेख्छन् –
नेपाली भाषा भेष कहाँ रहला ?
पूर्खाको नासो शेष कहाँ रहला ?
चोक्टा र लाम्टा देश बाड्न थाले
अखण्ड हाम्रो देश कहाँ रहला ?
(मु.६०)

हामीलाई चिनाउने हाम्रो भाषा हो । हाम्रो भेष हो । हाम्रो संस्कृति र सभ्यता हो । हाम्रो विरताको गौरव गाथा र शिरमाथि सगरमाथा भएकोले नेपाली शानले बाँचेका छौं । स्वार्थ सिद्धका लागि देशको अत्तित्व मेट्ने सम्झौता कदापि गर्न नहुने कुरा प्रति सचेत गर्दै उनी लेख्छन् –
भुल्नु हुन्न, हुन्न भल्नु वतन हामीले
गर्नुपर्छ हाम्रो देशको जतन हामीले
को मधेशी, को पहाडी, को हिमाली सबै मिली
हुन नदिऔं यो राष्ट्रको पतन हामीले ।
(मु.५२)

घर राम्रो हुन अभिभावक राम्रो हुन पर्छ । देश राम्रो हुन नीति राम्रो हुन पर्छ । विश्वमा विकशित भनेर चिनिएका हरेक मुलुक राम्रो नीतिका कारण विकसिक बनेको कुरा घाम जत्तिकै छर्लङ्ग छ तर हामी कहाँ नीति बनाउने जिम्मेवारी लिएकाहरुबाटै तथाभाँती हुने गरेकोले हामी सङ्कटमा पर्ने खतरा बढिरहेका छ । अरुको इसारामा नाच्ने प्रवृतिको विकासले हामीलाई विनास गर्ने भएकोले भोक, रोग, घाम, पानी, निद्रा हरेकसँग हरेस नखाएका नेपालीहरुको इतिहास पढ्न अनुरोध गर्दै सत्ताका लागि देशलाई सिनो नबनाउन आग्रह गर्छन् उनी –
अर्काको पिठ्युँमा चढिरहेछन् आज ?
इतिहास खै कहाँ पढिरहेका छन् आज ?
नालापानी देउथलमा लडेथे हिजो
कुकुर झै सिनोमा लठिरहेछन् आज ।
(मु.२०)

देश गणतान्त्रिक मुलुकमा दर्ज भएको पनि वर्षौ भै सक्यो । अझै पनि गणतन्त्र संस्थागत हुन सकिरहेको छैन । कार्यगत शैलीमा कुनै किसिमको परिवर्तन छैन । सीमितका हातमा मात्र शासन सत्ता घुमिरहेको छ । हत्या, हिंसा विकृति र, विसंगति, महङ्गी र भ्रष्टचारमा कुनै कमि आएको छैन । जनताले राहत नपाएको गुनासो गर्दै उनी लेख्छन् –
बेपत्ता छ अझै, बेपत्ता छ के भन्नु !
केही आउँदैन भत्ताले, भत्ता छ के भन्नु !
धोवीको कुकुर झैं भएका छन् जनता
जनताको सार्वभौम सत्ता छ के भन्नु !
(मु.१६)

वास्तविक प्रजातन्त्र बगरमा गिट्टी कुट्नेहरुलाई आउनुपर्छ, माटोलाई पसिनाले सिंचित गर्नेहरुलार्ई आउनुपर्छ, साहुको ऋणले थलिएर विदेशी मूलुकमा रगतसंङ्ग पैसा साट्नेहरुलाई आउनु पर्छ । खाली सुट्टा खोरिया फाड्नेहरु र बगरका ढुङ्गा पन्छाएर सुन फलाउन मरिहत्य गर्नेहरुलाई आउनुपर्छ । मजदुर श्रमिकले राहतको महसुस नगर्दासम्म कसरी प्रजातन्त्र आएको मान्ने ? कसरी लोकतन्त्र र गणतन्त्र आएको मान्ने ? जनताले जनताका लागि जनताद्वारा गरिने साशन सत्तालाई प्रजातन्त्र भनिएको भएपनि हाम्रो प्रजातन्त्र, हाम्रो लोकतन्त्र वा हाम्रो गणतन्त्र नेपालीको हातमा नरहेको निष्कर्ष निकाल्दै उनी लेख्छन् –
पिठ्युँमा के–केको भारी छ अझैं
रोटीको लडाई जारी छ अझैं
यो देश हाम्रो हो, देश मात्रै हाम्रो हो
यो देशको साँचो त पारी छ अझैं
(मु.३४)

भन्ने गरिन्छ अर्काको बुद्धिमा राजा हुनभन्दा आफ्नै बुद्धिले जोगी बन्नु वेस । अर्काको इसारामा राजा बन्न खोज्नेहरुको लावा लस्कर देखेर चिन्तित छन् मुक्तककार डहरे । जोसँग हामी रोटी र बेटीको सम्त्रन्ध भनेर हितैषी मित्रको संज्ञा दियांै उसैले काटेको घाउमा नुनचुक दलेर टाँका लगाई दिंदासमेत हाम्रा आँखा नखुलेको प्रति संकेत गर्दै उनी लेख्छन् –
मुश्किल छ आदर्श दाइ भेट्न मुस्किल छ ।
जसरी गधाको झुण्डमा गाई भेट्न मुश्किल छ ।
चाहे यहाँ सागरमा मोती खोजे झैं खोज
तर, यो युगमा भरत झै भाइ भट्ने मुश्किल छ ।
(मु.३७)

पौडेल लोकेन्द्र डहरेको अभिव्यक्ति कला सशक्त छ । मुक्तक लेखन हेर्दा जति सरल लाग्छ त्यो भन्दा निकै कठिन छ मुक्तकको मर्म पु¥याएर लेख्न । चतुष्पदी संरचना विधानले मात्रै मुक्तक बन्न सक्दैन । मुक्तकको शैली र शिल्पलाई समातेर गागरमा सागर अटाउन सक्नु पर्छ मुक्तकमा । मुक्तकहरु करेन्टको प्रवाहमा बग्न सक्नुपर्छ । मुक्तकको चौथो हरफले करेन्टको झरका दिन सकेन भने त्यो मुक्तक नामको मात्र मुक्तक ठर्हछ । मुक्तक संरचना विधानमा सचेत देखिन्छन् पौडेल लोकेन्द्र डहरे ‘डहरेको डायरी’ मुक्तक सङग्रहमा –
सभ्य र समझदार कहाँ बन्छन् नपढाए ?
देख्दैनन् संसारलाई यो काँधमाथि नचढाए ?
भोलि कसले वृद्धाश्रम पु¥याइदिन्छ मलाई
आज मैले सन्तानलाई नर्हुकाए नबढाए ?
(मु.११२)

शिकारीको शिकारसङ्ग तुलना गर्न सकिन्छ मुक्तक लेखनलाई । एउटा शिकारीले आफ्नो गुर्तामा मट्याङग्रा राख्ने, तन्काउने, निशाना लगाउने र शिकार खसाल्ने जस्ता महत्वपूर्ण चार काम गरे जस्तौ मुक्तकमा पनि पहिलो हरफले प्रसङ्ग उठाउने, दोस्रो हरफले शिलशिला अगाडि बनाउने तेस्रोले पुष्टि गर्ने र चौथोले निचोड दिने जस्ता कार्य एक सफल मुक्तकमा हुनु जरुरी छ । शैलीगत रुपमा हेर्दा पनि डहरेका मुक्तकहरु यही विधानबाट अगाडि बढेको पाइन्छ ।
सरल र सरस तथा बोधगम्य भाष शैलीको प्रयोेगले सृजनालाई दीर्घजीवी बनाउँछ । पौडेल लोकेन्द्र डहरेको भाषा सरल र सरस छ । आफ्नो बडप्पन कतै पनि देखिदैन उनको लेखाइमा । यो सङग्रह पढ्दा लाग्छ उनी व्यङ्ग गर्न खप्पिस छन् । तर बौद्धिक तरिकाले ।
विचित्रको जिन्दगानी छ मेरो
मासी छैन हड्डीमा पानी छ मेरो
नगरौं भने पनि चाकडी हजुरको
चाकडी नै गर्नु पर्ने बानी छ मेरो
(मु.५)

विषय बस्तुको उठान तथा भाव पक्षबाट यो सङ्ग्रहको समग्र मुल्याङ्कन गर्ने हो भने उनी मानवताबादी कवि हुन् । जीवनको उज्यालो पक्षको कामना गर्ने कवि हुन् । जीवनलाई जीवन जस्तो बनाउन मानव सेवामा लाग्नु पर्ने विचार बोक्ने कवि हुन् ।
वाइवल, गीता, कुरान अनि वेद एउटै हो ।
छैन फरक सब ग्रन्थको भेद एउटै हो ।
हिन्दु, मुस्लिम, बोद्ध, इसाइ हाँगा छुट्टा छुट्टै ।
आखिरमा सब धर्मको फेद एउटै हो ।
(मु.३९)

‘डहरेको डायरी’ मा सङकलित १२४ थान मुक्तकहरु मध्ये केही मुक्तकहरु भाव पक्षबाट कमजोर छन् । मिटर लगाएर अथार्त अक्षर गनेर लेख्नेहरुले उनका मुक्तकहरुलाई खोट लगाउने ठाउँ थुप्रै भेट्टाउन सक्छन् । १२४ मुक्तकहरुमा १०० थान मात्रै राखेर केही कमजोर मुक्तकहरु नराखेको भए सुनमा सुगन्ध हुन्थ्यो । बाहिरी आवरण र भित्री साज सज्या प्रसंशा गर्न लायक छ । मुक्तक लेख्ने र पढ्नेहरुका लागि यो कृति अग्रस्थानमा रहन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ ।
नेपाल मुक्तक प्रतिष्ठान काठमाडौंले २०७२ मा बजारमा ल्याएको यो कृति नेपाली साहित्यको
कोशेढुङ्गा हुन सकोस् शुभकामना कोशेढुङ्गा हुन सकोस् शुभकामना ।

प्रतिक्रिया दिनुहोस