देखाउँछन् कत्तिले त आफ्नै पारा देखाउँछन्
तिमी हदै गर्छौ हुन त यहाँ सारा देखाउँछन्
के भका हुन् आजकलका यी नारीहरू खै
हेर्नै हुन्न उता दिउसै तारा देखाउँछन्
फेरिएछ जमाना निकै फेरिएछ समय
शान्तिका दुतमा अचेल भाइमारा देखाउँछन
देशै अपांग बनाइसके यी नेताहरुले
फेरि आउँछन् जनतालाइ सहारा देखाउँछन्
गरिब हुनुको नि एउटा समिा हुन्छ
महलमा बस्नेहरु नै टहरा देखाउँछन्