सुख हैन दुख यहाँ मित छ मेरो
लाग्छ जीवन थोरै जीवित छ मेरो
पुष्प गुच्छा खोजी के गरौं गरौं
तन मन सप्पै सुगन्धित छ मेरो
हारे भन्छन् कोही जीन्दगी देखि
हिसाब गर्दा तर यहा जित छ मेरो
आकाश छानो धर्ती ओछ्यान
न सोध यस्तै अतित छ मेरो