नयाँ खेलकुद ऐन आउने « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

नयाँ खेलकुद ऐन आउने


प्रशासन संवाददाता

६ फाल्गुन २०७३, शुक्रबार


रुकुम। सरकारले खेलकुदको विकासका लागि नयाँ ऐन ल्याउने भएको छ ।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले शुक्रवार छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा पन्ध्रवर्षीय खेलकुद गुरुयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउँदै खेलकुदको विकासका लागि खेलकुद विश्वविद्यालय, खेलकुद ग्राम र खेलकुद प्रतिष्ठान निर्माणको तयारीमा मन्त्रालय लागेको समेत बताए ।

जिविसको आयोजनामा खोलागाउँको सर्कनामा सुरु भएको प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, दौड, छेलोलगायत खेल सञ्चालन हुने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस