धनगढी उच्च माविको अभिभावक भेला सम्पन्न « प्रशासन
prasaLogo
६ फाल्गुन २०७३, शुक्रबार

धनगढी उच्च माविको अभिभावक भेला सम्पन्न


प्रकाशित मिति : 17 February, 2017 7:39 pm

धनगढी । धनगढी उच्च माध्यमिक विद्यालय धनगढी उप महानगरपालिका ८ को शिक्षक अभिभावक संघको भेला शुक्रवार सम्पन्न भएकोछ। भेलाले हिजो सेवा निबृत्त भइ एक भव्य समारोहका बिच विदाई गरिएका यसै विद्यालयमा चालीस वर्ष शिक्षण गरेका शिक्षक सुग्रीब राना अध्यक्षमा चयन गरेको छ ।

त्यसैगरी अभिभावक मध्यबाट सदस्यमा चन्द्र ब पार्की, केशव जोशी, लली ठगुन्ना, पूजा ठकुल्ला र राजु वैश्य शिक्षकहरु धर्म राज जोशी, लक्ष्मीकान्त जोशी र नीलम श्रेष्ठ चयन भएकाछन् ।

पदेन सदस्यहरु विद्यालय व्यवश्थापन समिती अध्यक्ष लालमुनी राना र प्राचार्य लक्ष्मण दत्त भट्ट रहेकाछन्। विद्यालय बि. सं. २००४ सालमा भाषा पाठशालाका रुपमा स्थापित भएको हो ।

प्रतिक्रिया दिनुहोस